रेखाको बहुप्रतिष्ठित चलचित्र ‘उपहार’मा आशा

रेखाको बहुप्रतिष्ठित चलचित्र ‘उपहार’मा आशा


अभिनय कलाले दर्शकलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री आशा भुषालले चलचित्र क्षेत्रमा थप नयाँ उचाइ निर्माण गरेकी छन् । अभिनय नै जीवनको स्पष्ट लक्ष्य निर्धारण गरी अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले नेपाली चलचित्र जगतको मल्टी स्टारर चलचित्र ‘उपहार’मा आफनो स्थान पक्का गरेकी छन् ।

चर्चित अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र उपहारमा समावेश हुन पाउनु नेपाली अभिनेत्रीहरुका लागि गौरवकै विषय मानिन्छ। चलचित्र उपहारको सार्वजनिक प्रर्दशन हुँदैगर्दा त्यस चलचित्रबाट आउने दर्शकहरुको प्रतिकृयाहरुको उनलाई प्रतिक्षा छ । चलचित्र उपहार आजबाट प्रदर्शन भएको छ ।

वरिष्ठ चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको चलचित्रमा आफुले फरक खालको अभिनय गर्न पाएकोमा आशा मख्ख छिन् । चलचित्रमा फरक खालको चरित्रमा अभिनय गर्न पाउनु उनको सौभाग्य पनि हो । चलचित्रमा रेखा थापा, मुकुन्द भुषाल, वेनिशा हमाल, पुजा शर्मा, सुष्मा कार्की लगायतका थुप्रै चर्चित कलाकारहरुको अभिनय रहेको छ । कलाकारितालाई अझै विस्तार गर्दै अघि बढ्दै आइरहेकी अभिनेत्री भुषालको मेहनत र अथक साधनाले चलचित्र कर्मीहरुबीच उनको परिचय फराकिलो बनेको छ ।

आफुलाई अभिनयको विधार्थी ठान्ने उनी नयाँ पुराना सबै खाले अभिनेताहरुबाट धेरै कुराहरु सिक्न पाएको बताउँछिन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को संयुक्त ब्यार्नरमा निर्माण भएको चलचित्र उपहारको कार्यकारी निर्माता बलराम शाही ठकुरी र निर्माता सुलभ प्रतिक र समिक्षा देउजा हुन् । चलचित्रमा विष्णु कल्पीतको छायाँकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । आशा भुषालले चलचित्रका अगुवा थुप्रै टेलिचलचित्र, म्युचिक भिडियो, लघुचलचित्रहरुमा अभिनय गरिसकेकी छिन । मध्यम बर्गिय परिवारबाट चलचित्र क्षेत्रमा प्रवेश गरी आफुलाई स्थापित गर्नु चानचुने विषय होइन् । दरिलो आत्मविश्वास र अधिक साधना उनको बलियो हतियार हो । उनी संकल्प गरिसकेपछि जस्तो सुकै हालतमा काम फत्ते गर्ने खुबी भएकी अभिनेत्री समेत हुन् ।

कुशल अभिनयका कारण थुप्रै चलचित्रहरुबाट उनले अर्वाड समेत प्राप्त गरिसकेकी छिन् । ‘नयाँ चलचित्र प्रर्दशन जति नजिकिदै जान्छ त्यति नै उत्सुकता बढ्दै जाँदो रहेछ । जसरी एउटी महिलाले ९ महिना कोखमा राखेर बच्चा जन्माउने दिनको प्रतिक्षामा आहादित हुन्छिन् त्यस्तै भएको छ मलाइ पनि’ उनले भनिन् । उत्साह र कौतुहल्ता थपिएको छ । उनी भन्छिन् मलाइ जस्तै छटपटी पक्कै दर्शकहरुलाई पनि भएको छ । पक्कै पनि फिल्म उहाँहरुले मन पराइदिनु हुनेछ भन्ने उनको अपेक्षा छ ।