कमला न्यौपानेको ‘सुनौलो बिहानी’ बजारमा

कमला न्यौपानेको ‘सुनौलो बिहानी’ बजारमा


तरंग एल्बमबाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कवि कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको इच्छा रहर पूरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन् भन्ने यथार्थ बास्तबिकता देखाउने कोशिस गरिएको छ ।

गीतमा यथार्थ र वास्तबिकतालाई मीठो शब्द बनाएर सृजना गरेकी छन् न्यौपानेले । गीतमा संगीत यदीन गजमेर, एरेन्ज संजीव बराइली, मिक्सिङ मास्टरिङ कृष्णकुमार महर्जनको रहेको छ । गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका वाणिका प्रधानले आवाज दिएकी छन् ।

भिडियो निर्देशक युवराज वाइबा, गीतको भिडियोमा छायांकन निश्चल पौडेल, सहायक निर्देशक नवीन बिष्ट, सम्पादन विकाश दाहालको छ । भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने छन् भने भिडियोमा लोकप्रिय कलाकार रिचा थापा र सोनी लामाको अभिनय देख्न पाइन्छ । गीतको भिडियोलाई तरंग वेभ क्रियशनको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।