सिंगटी हाइड्रो इनर्जीकोे हकप्रद शेयर बाँडफाँड

सिंगटी हाइड्रो इनर्जीकोे हकप्रद शेयर बाँडफाँड


सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरहरु बाँडफाँड गरिएको छ ।

कम्पनीले मिति २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु. १००/- अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरिएकोमा सो मध्ये रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८,८८,४६१ कित्ता हकप्रद शेयर गत फागुन ३० गते निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितिले सिफारिस गरेबमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वकृति प्रदान गरेको हो ।