वसन्तपुरमा चिर ठडाएर फागुपूर्णिमा प्रारम्भ

वसन्तपुरमा चिर ठडाएर फागुपूर्णिमा प्रारम्भ


वसन्तपुरमा आज बिहान होलीको ‘चिर’ ठड्याएर फागुपूर्णिमा (होली)को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चिर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ ।

स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चिरको पूजा गरी होलीको प्रारम्भ भएको बताउनुभयो । यसै दिनदेखि काठमाडौंवासीहरु चिरको पूजा गरी आशीर्वाद लिने चलन छ ।

तन्डुकारका अनुसार चिरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् । ‘चिरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ’, उहाँ भन्नुहुन्छ, ‘यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ ।’ होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।

तस्बिर : रासस