छनोट खेल जितेर ओलम्पिकमा सहभागिता जनाउने नेपालको पहिलो पारा खेलाडी बन्न सफल
नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक-२०२४ का लागि छनोट भएकी छन् ।
चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण पदक जित्दै पारा ओलम्पिकका लागि छनोट भएकी हुन् । उनले के-४४ क्याटागोरीको महिला ५७ केजीमा इरानकी लेल्ला मिर्जाईलाई पराजित गरिन् ।
त्यसैगरी, सेमिफाइनल खेलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ ले पराजित गर्दै पलेशा फाइनमा पुगेकी हुन् ।
छनोट खेल जितेर ओलम्पिकमा सहभागिता जनाउने उनी नेपालकी पहिलो पारा खेलाडी बन्न सफल भइन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कास्य पदक विजेतासमेत हुन् ।
प्रतिक्रिया