साहित्य र समाज सेवामा अग्रणी अभियन्ता स्वर्गीय प्रधान

साहित्य र समाज सेवामा अग्रणी अभियन्ता स्वर्गीय प्रधान


  • प्रेम ओझा, विराटनगर

आख्यान पुरुष वरिष्ठ साहित्यकार परशु प्रधानको सम्मानमा विराटनगरमा श्रद्धाञ्जली सभा गरिएको छ । विराटनगरमा सक्रृय १८ वटा साहित्यिक एवम् सामाजिक संघ संस्थाहरुले संयुक्त रुपमा सो सभाको आयोजना गरेका हुन् । परोपकार अभियान समूहका अध्यक्ष वावुराम न्यौपानेको अध्यक्षतामा भएको सो सभामा पूवाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले साहित्यकार प्रधानको साहित्यिक एवम् सामाजिक व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए ।

संगम अभियान मासिक पत्रिकाका प्रधान सम्पादक रामवावु दाहालले सहजीकरणमा भएको सो सभामा नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यष एवम् कवि मीनकुमार नवोदितले प्रधानको उत्प्रेरक व्यक्तित्वका बारेमा बताएका थिए । संघ संस्थाको विकासमा पु¥याएको योगदानको बारेमा चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा देवी पन्थी र नर्थ साउथ कन्क्लेवका अध्यक्ष दिनेश श्रेष्ठले प्रकाश पारेका थिए । यस्तै प्रशासनिक व्यक्तित्वका बारेमा खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली र पारिवारिक सम्वन्धका बारेमा ववरसिंह देवकुमारी थापा पुरस्कार गुठीका अध्यक्ष कविराज न्यौपानेले आफ्नो विचार राखेका थिए । विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलले धन्यवाद ज्ञापन गर्दै सभाले साहित्यकार प्रधानप्रति शोक प्रस्ताव पारीत गरेको छ ।

विराटनगरस्थित ५९ स्रष्टा तथा सामाजिक व्यक्तित्वहरुले हस्ताक्षर गरेको शोक प्रस्तावमा प्रधानलाई नेपाली वाङमयका अथक साधक, आख्यान विधाका शीखर भइ चुलिएका, राष्ट्र सेवामा कुशल प्रशासकको रुपमा सुपरिचित, साहित्य र समाज सेवामा अग्रणी अभियन्ताको रुपमा साहित्यिक, सामाजिक गतिविधिको नेतृत्व गरी सेवा गर्न तल्लीन रहेको व्यक्तिको रुपमा चित्रण गरिएको छ ।