चट्याङ लागेकी बालिकाको उपचारको क्रममा मृत्यु

चट्याङ लागेकी बालिकाको उपचारको क्रममा मृत्यु


दैलेखको भैरवी गाउँपालिका-६ तोरिमुल बस्ने चन्द्रबहादुर कडेलको छोरी १२ वर्षीया शर्मिला कँडेलको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

घरमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङ लागेर गम्भीर घाइते भएकी उनको दुल्लु अस्पतालहुँदै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो ।