अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५


नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थनमूल्य चैत २२ गतेबाट लागू हुनेछ ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ भने ठूलो अण्डा प्रतिक्रेटको मूल्य ३९० रूपैयाँ र, एक्सएल अण्डा प्रतिक्रेट ४०५ रूपैयाँ कायम गरिएको छ ।

संघले नयाँ समर्थनमूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।

इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो ।

भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको संघले जनाएको छ ।