नेपाल टेलिकमद्वारा कपर प्रविधिको टेलिफोन सेवा बन्द

नेपाल टेलिकमद्वारा कपर प्रविधिको टेलिफोन सेवा बन्द


नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (PSTN) सेवालाई फाइबर टू दी होम (Migration) प्रविधिमा स्तरोन्नती गरेको छ । बिहीबार (२२ चैत) दू.सं.का. सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेकी हुन् ।

कपर प्रविधिबाट वितरित टेलिफोन तथा ए.डि.एस.एल. लाइनहरु पूर्ण रुपमा आधुनिक फाइबर प्रविधिको FITH नेटवर्कमा Migration कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको कम्पनीले जनाएको छ ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको मागअनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् ।

FITH प्रविधिमा Migration भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको व्यक्त गरेको छ ।