तामाङ सेलोको ‘ओइ सोल्टिनी’

तामाङ सेलोको ‘ओइ सोल्टिनी’


गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ ।

नेपाली सेनाका उपरथी डा. आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिश क्षेत्रीले गरेका हुन् । अयमी तामाङ, सिद्धार्थ सिल्वाल, अनिश क्षेत्रीलगायतको अभिनय रहेको सो म्युजिक भिडियो टयुटुवमार्फत केही समयअघि सार्वजनिक गरिएको हो ।

नेपाली लोकभाका तामाङ सेलोको संरक्षण एवं नयाँ पुस्तालाई लोकभाकाप्रति चाख जगाउनु रहेको गीतकार डा. तामाङले बताए । अष्ट्रेलियामा अध्ययनरत अयुमी आफ्नी हजुरआमा धनमाया तामाङको विँडो थाम्ने सिलसिलामा ‘ओई सोल्टिनी’को म्युजिक भिडियोका लागि काठमाडौं आएका थिए । उनले अष्ट्रेलियामा आधुनिक पप गीत समेत गाउँदै आएका छन् । अयमीका पिता आशबहादुर खासगरी लोकगीतका साथै राष्ट्रियता र प्रकृति संरक्षण सम्बन्धी गीत लेखनमा स्थापित छन् ।