स्वास्थ्य बीमामा आकर्षण घट्दो

स्वास्थ्य बीमामा आकर्षण घट्दो


अब अनुगमनको विकल्प छैन : अध्यक्ष डा. लोहनी

  • सुरेन्द्र सुवेदी, काठमाडौं

स्वास्थ्य बीमा झन्झटिलो हुँदै गएपछि यसको आकर्षणमा पनि कमी आउन थालेको छ । जसको प्रत्यक्ष प्रमाण हो- नवीकरण गर्ने बिमितको संख्यामा ४८ लाख ८ हजार ७ सय ६० जना अर्थात ६२ प्रतिशतमात्र रहनु । देशमा कूल ७७ लाख ४१ हजार ४ सय ८३ जना रहेको छ । यीमध्ये २९ लाख ३२ हजार ७ सय २३ जनाको नविकरण हुन सकेको छैन ।

बिमितले सहज रुपमा बीमा नवीकरण गर्न नपाउनु र उपचार तथा औषधि पाउन नसक्दा बीमा प्रतिको आकर्षण घट्दो रहेको जानकारहरुको भनाइ छ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी अब बोर्डले नियमित अनुगमन गर्ने र बीमाप्रतिको आकर्षण बढ्ने बताए । उनले भने, ‘यो वर्षबाट बीमाप्रति आउने गुनासा धेरै हदसम्म हटेर जानेछन् ।’

देशमा २३ लाख ९२ हजार ६ सय ७६ परिवारले बीमा गरेका छन् । गत फागुन १० गतेसम्म बोर्डले ६ अर्ब ४४ करोड १६ लाख ९९ हजार ७ सय ५५ रुपैयाँ भूक्तानी गरेको छ । अब बोर्डसित ३ अर्ब ८४ करोड ८८ लाख ६९ हजार ६ सय ९१ रुपैयाँ मौज्याद रहेको छ ।