आगलागी नियन्त्रण गर्न चन्द्रागिरि नगरपालिकाद्वारा दमकलसहित नगरप्रहरी परिचालन

आगलागी नियन्त्रण गर्न चन्द्रागिरि नगरपालिकाद्वारा दमकलसहित नगरप्रहरी परिचालन


सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाम (स्टोर रुम)मा लागेको आगलागी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाले आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्री प्रयोगमा ल्याइरहेको छ ।

नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउनासाथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी परिचालन भइराखेको जानकारी दिए । ‘म अहिले आगलागी क्षेत्रमै छु, आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् । आसपासमा घर सुरक्षित रहेका छन् । म स्थानीयवासीले पुऱ्याउनुभएको सहयोगलाई धन्यवाद दिन चाहन्छु’, उनले भनेका छन् ।

उनले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिए । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले आगो नियन्त्रणका तत्काल नगरपालिकाको दमकल पुगेको जानकारी दिए । अहिले नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

तस्बिर : रासस