बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो ।

नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर दुई रुपैया ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैया ४६ पैसा मूल्य बढेको हो ।

नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ पुगेको छ । पहिलो वर्गअन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्ग अन्तर्गतको सुर्खेत र दाङ्का लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।