पाकिस्तानका पूर्व कप्तान मुश्ताक बङ्गलादेशको ‘नयाँ स्पिन बलिङ प्रशिक्षक’ नियुक्त

पाकिस्तानका पूर्व कप्तान मुश्ताक बङ्गलादेशको ‘नयाँ स्पिन बलिङ प्रशिक्षक’ नियुक्त


पाकिस्तानका पूर्व लिग स्पिनर तथा विश्वकप विजेता मुश्ताक अहमदलाई बङ्गलादेशले पुरुष राष्ट्रिय क्रिकेट टोलीको ‘स्पिन बलिङ प्रशिक्षक’ मा नियुक्त गरेको छ ।

सम्झौता अनुसार मुश्ताक जिम्बाब्वेविरुद्धको पाँच खेलको ट्वन्टी-२० (टि-२०) अन्तर्राष्ट्रिय शृङ्खलाको तयारीअघि टोलीमा सामेल हुनसहुनेछ भने वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टी-२० विश्वकपको अन्त्यसम्म बङ्गलादेशी टोलीसँग काम गर्नेछन् ।

श्रीलङ्काका रङ्गना हेराथ गत नोभेम्बरमा जिम्मेवारीबाट पछि हटेपछि बङ्गलादेश ‘स्पिन बलिङ प्रशिक्षक’को खोजीमा थियो ।

श्रीलङ्काविरुद्धको शृङ्खलामा स्थानीय प्रशिक्षक सोहेल इस्लामले जिम्मेवारी सम्हालेका थिए ।

मुश्ताक सन् २००८ देखि २०१४ सम्म इङ्ग्ल्यान्ड, सन् २०१८ देखि १९ सम्म वेस्ट इन्डिज र सन् २०२० देखि २०२२ सम्म पाकिस्तानका ‘स्पिन बलिङ’ प्रशिक्षक थिए । उनीसन् २०१४ देखि २०१६ सम्म पाकिस्तानी टोलीको सल्लाहकार पनि हुनुहुन्थ्यो ।

सम्झौतापछि ५३ वर्षीय मुश्ताकले भने, ‘स्पिन बलिङ प्रशिक्षकका रुपमा बङ्गलादेश क्रिकेट टोलीको हिस्सा बन्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो, म भूमिकाको लागि उत्सुक छु र मेरो अनुभव खेलाडीहरूसँग साट्न चाहन्छु । उनीहरू धेरै प्रशिक्षित छन् र सबैभन्दा खतरनाक टोलीहरूमध्ये एक हुन् भन्ने म सँधै विश्वास गर्दछु ।’

बङ्गलादेशले जिम्बाब्वेसँग मे ३ देखि १२ सम्म पाँच वटा टी-२० शृङ्खला खेल्नेछ भने तीन वटा शृङ्खला र टी-२० विश्वकपका लागि अमेरिका जानेछ ।