पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन


पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षका थिए । उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए ।

नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत रहेका थिए ।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा शाक्यको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए ।

स्व. शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।