शोकलाई शक्तिमा बदल्दै ‘विश्व-ज्योति काव्य सम्मान’को स्थापना

शोकलाई शक्तिमा बदल्दै ‘विश्व-ज्योति काव्य सम्मान’को स्थापना


नेपाली साहित्यका विविध क्षेत्रमा विगत २५ वर्षदेखि क्रियाशील संस्था एपेक नेपालको हालै बसेको बैठकले संस्थाका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठकी धर्मपत्नी तथा एपेक नेपालकी संरक्षक ज्योति श्रेष्ठको असामयिक निधनप्रति हार्दिक शोक व्यक्त गरेको छ ।

सोही बैठकले यस शोकको घडीमा शोकलाई शक्तिमा बदल्न एपेक नेपालका तर्फबाट ‘विश्व-ज्योति काव्य सम्मान’को स्थापना गरिएको जनाएको छ । एपेक नेपालले आफ्नो शोक वक्तव्यमा उल्लेख गरे अनुसार ‘एपेक परिवारका तर्फबाट ‘विश्वज्योति काव्य सम्मान’को स्थापना गरेर हामी दिवंगत ज्योति श्रेष्ठप्रति हाम्रो असीम सम्मान प्रकट गर्दछौँ ।’

एपेकका संयोजक कवि राजेन्द्र शलभको अध्यक्षतामा बसेको संस्थाको बैठकले एक शोक प्रस्ताव पारित गर्दै संरक्षक ज्योति श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

२०१३ साल चैत २५ गते जन्मिएकी ज्योति श्रेष्ठको यही बैशाख १ गते उपचारका क्रममा निधन भएको थियो ।