‘अस्वीकार्य र अनधिकृत’ गतिविधि गरेको आरोपमा क्याप्टेन शेर्पा निलम्बित

‘अस्वीकार्य र अनधिकृत’ गतिविधि गरेको आरोपमा क्याप्टेन शेर्पा निलम्बित


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता हंसराज पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेले भनेका छन्, “क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।”