हुण्डी कारोबारमा सलंग्न दुई जना पक्राउ

हुण्डी कारोबारमा सलंग्न दुई जना पक्राउ


बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई जनालाई २२ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरमा कलैया उपमहानगरपालिका-२३ बस्ने वर्ष ३८ को अर्जुन राउत कुर्मीले पिठ्युमा भिरेको कालो झोला खानतलासी गर्दा नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँ फेला परेको थियो ।

मनि ट्रान्सफरका संचालक पर्साको विन्दवासिनी गाउँपालिका-३ का ४३ वर्षीय अजयकुमार साहसमेत दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरू हुण्डका कारोबारी भएको प्रहरीले जनाएको छ ।