डा. श्रेष्ठ र दाहाल सम्मानित

डा. श्रेष्ठ र दाहाल सम्मानित


  • प्रेम ओझा, विराटनगर

नेपाली भाषा र साहित्यमा अनवरत रुपमा योगदान पुऱ्याएको मूल्याङ्कन गर्दै विराटनगरका डा. विमला श्रेष्ठ र भक्ति दाहाल विस्फोटलाई सम्मान गरिएको छ । खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य, कला उन्नयन समितिद्वारा आयोजित सभामा प्राज्ञ विवश पोखरेल प्राद्यापक कविराज न्यौपाने र अग्रज वलराम पोखरेले डा. श्रेष्ठ र दाहाललाई सम्मान पत्र हस्तान्तरण गरे ।

डा. श्रेष्ठका चार र दाहालका तीन कृति प्रकाशित छन् । दाहालले तयार पारेकोे एक लाख बीस हजार शव्द रहेको कोष प्रकासन्मुख छ । उन्नयन समितिले नियमित रुपमा सञ्चालन गर्दै आएको रचना वाचन कार्यक्रममा नानीमैया दहाल, कृष्ण गौतम, युवराज दहाल, प्रिन्स प्रमोद ढकाल र प्रेम ओझाले कविता, गजल र लघुकथा वाचन गरे ।

यस्तै वावुराम पोखरेल, लक्ष्मी स्मृति पराजुली, स्वयम्भूनाथ कार्की, भरत बरबरिक, शारदा कार्की, टीका मिलन, कर्ण सञ्जय, लक्ष्मी पोखरेल, डोमी कामत, चीरञ्जीवी काफ्ले, प्रमिला प्याकुरेल, रोहिणी रसिक र भगवान झाले कविता, गजल र लघुकथा वाचन गरे ।

छन्द दिवस र उन्नयन समितिको वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम गरिएको हो । समितिले हालसम्म १८ जना स्रष्टालाई सम्मान गरिसकेको छ भने रचना वाचनका ३६ वटा श्रृङ्खला सञ्चालन भइसकेका छन् । सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले सभापतित्व गरेको कार्यक्रम लक्ष्मी रायमाझीले सञ्चालन गरेकी थिइन् ।