स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम


रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला कास्कीको पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवालक्षित तालिम सञ्चालन गरेको छ ।

‘वडाध्यक्ष किरण बरालका अनुसार सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको हो । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उनको भनाइ छ ।

तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ ।

तस्बिर : रासस