नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी


नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको हो ।

कतारका अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ ।

यस्तै, निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।

Agreements between Nepal and Qatar today:

1. Memorandum of Understanding for Cooperation in the Fields of Culture and Arts between the Ministry of Culture, Tourism and Civil Aviation of Nepal and the Ministry of Culture of the State of Qatar

2. Agreement on Cooperation and Exchange of News between National News Agency, Nepal (RSS) and Qatar News Agency (QNA)

3. Memorandum of Understanding (MoU) for Cooperation in the Field of Education, Higher Education and Scientific Research between the Government of Nepal and the Government of the State of Qatar

4. Memorandum of Understanding on Cooperation in the Field of Youth and Sports between the Government of Nepal and the Government of the State of Qatar

5. Memorandum of Understanding for Cooperation between the Office of the Attorney General of Nepal and the Public Prosecution of the State of Qatar

6. Memorandum of Understanding on Cooperation in the Field of Diplomatic Training and Education between The Institute of Foreign Affairs (IFA) of the Government ofNepal and The Diplomatic Institute of the Ministry of Foreign Affairs of the State of Qatar

7. Agreement on the establishment of Joint Business Council (JBC) between Qatar Chamber and the Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI) 8. Renewal of the Memorandum of Understanding (MoU) between Qatar Chamber and the Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)

8. Renewal of the Memorandum of Understanding (MoU) between Qatar Chamber and the Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)

photo: rss