राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

गत मङ्गलबार प्रमाणपत्र प्रस्तुत गरिएको अवसरमा राष्ट्रपति माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिनुभएको जेनेभास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल एवम् प्रधानमन्त्री प्रचण्ड’का तर्फबाट राष्ट्रपति माटारेलाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इटालीका जनताको निरन्तर प्रगतिको कामना गरेका जनाइएको छ । बताइएअनुसार उनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासबारे जानकारी दिँदै वर्तमान सरकारका प्राथमिकता सम्बन्धमा राष्ट्रपतिलाई अवगत गराएका थिए ।

तस्बिर : रासस