इलाम-२ मतगणना : अघि खड्का, पछ्याउँदै नेम्वाङ

इलाम-२ मतगणना : अघि खड्का, पछ्याउँदै नेम्वाङ


  • सुरेन्द्र सुवेदी, काठमाडौं

इलाम क्षेत्र नम्बर २ को मतगणनाको दोस्रो अपडेट सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उमेद्वार डम्बरबहादुर खड्काले १ हजार १ सय ४५ मत ल्याएर अगाडि देखिएका छन् भने १ हजार ६३ मत ल्याएर एमालेका सुहाङ नेम्बाङ दोस्रो छन् ।

पहिलो अपडेटमा खड्काले ६ सय ५७ र नेम्बाङले ५ सय ३४ मत पाएका थिए ।

पहिचानवादी उम्मेदवार डेकेन्द्रसिंह लिम्बू ३ सय ११ र स्वतन्त्र पार्टीका मिलन लिम्बू २ सय ९ मतसहित तेस्रो र चौथो छन् ।

यहाँ शनिबार भएको निर्वाचनमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको छ । राजनीतिक दलका १२ र स्वतन्त्र ७ समेत १९ जना चुनावी मैदानमा उत्रेका छन् ।