हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण


रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौंमा फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज बिहान काठमाडौंबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सुरक्षित रुपमा अवतरण भएको हो ।

उनले भने, ‘रामेछापका लागि बिहान उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले काठमाडौं अवतरण गराइ प्राविधिक जाँच भइरहेको छ ।’ हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुने गरेको बताइएको छ ।

file photo