अनलाइनबाट ४१ लाख ठगी गर्ने बाग पक्राउ

अनलाइनबाट ४१ लाख ठगी गर्ने बाग पक्राउ


सामाजिक संजाल फेसबुकमा IDM NISH TOURS LTD. Home बाट साथी बनाएर ठगी गर्ने योगेन्द्र बाग (२३) लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङको बुंगल–२० घर भइ हाल राजधानीको कीर्तिपुर बस्दै आएका बागले ४१ लाख १५ हजार ४ सय २० रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

वैदेशिक रोजगारीको लागि बेलायतमा वर्किङ भिषामा पठाउने भन्दै बागले अनलाइनबाट ठगी गर्दै आएका र उनलाई दुई दिनअघि राजधानीको कीर्तिपुरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।