मोरङमा २१८ किलो गाँजा बरामद

मोरङमा २१८ किलो गाँजा बरामद


प्रहरीले मोरङमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

जहदा गाउँपालिका–३ हाथिबन्दा भन्ने स्थानमा मकैबारीमा गहुँको भुषामा लुकाइराखेको अवस्थामा जम्मा तौल २ सय १८ किलो १ सय ७५ ग्राम भएको १० बोरा गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त गाँजा भण्डारण गर्ने कार्यमा वडा–३ का २४ वर्षीय भगवान किस्कुलाई पक्राउ गरेको र उनलाई मोरङ जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।