रास्वपा सभापति लामिछानेलाई काङ्ग्रेसले संसदमा बोल्न दिने !

रास्वपा सभापति लामिछानेलाई काङ्ग्रेसले संसदमा बोल्न दिने !


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार (आज) प्रतिनिधिसभामा बोल्न पाउने भएका छन् । नेपाली कांग्रेसले उनलाई संसदमा बोल्न दिने निर्णय गरेपछि लामिछानेले आफ्नो धारणा राख्न पाउने भएका हुन् ।

कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको हैसियतमा बोल्न दिने निर्णय गरेको हो । उनलाई उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा नभएर पार्टी प्रमुखको हैसियतमा बोल्न दिने निर्णय भएको कांग्रेसले जनाएको छ ।

सहकारीका ठूलो रकम ठगी गरेको आरोप लगाउँदै आएको कांग्रेसले यसअघिका संसद बैठकमा उनलाई बोल्न दिएको थिएन । बजेट अधिवेशनको पहिलो दिन संसदमा रहेका दलका प्रमुखलाई मन्तव्य राख्न दिने कार्यसूची रहेको छ ।