साजिसलाई खुकुरी प्रहार गर्ने ९ जना पक्राउ

साजिसलाई खुकुरी प्रहार गर्ने ९ जना पक्राउ


दुई दिनअघि राजधानीको कीर्तिपुर-१०, नयाँबजारमा स्थानीय साजिस श्रेष्ठमाथि नौ जनाको समूहले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको घटनामा संलग्न पक्राउ परेका छन् । श्रेष्ठको बाँया हात पूर्णरुपमा क्षति भएको छ ।

पुरानो रिसिबीका कारण दुई समूहबीच भएको यो घटनामा संलग्न आछामका मोहन खड्का, ध्रुबबहादुर विष्ट, बझाङका उपेन्द्र सिंह, सुदिप गिरी, अछामका नृप भण्डारी, बैतडीका जयन्द्र धानुक, कैलालीका तेज थापा, तपेन्द्र खाती र बझाङका सुनिल रोकाया पक्राउ परेका हुन् ।