व्यवसायी कार्कीलाई मातृशोक

व्यवसायी कार्कीलाई मातृशोक


कार्की ब्याङ्क्वेट एवम् कार्की क्याटरिङ प्रालिका सञ्चालक, व्यवसायी/समाजसेवी दिलबहादुर कार्कीका माता कृष्णकुमारी कार्कीको निधन भएको छ ।

स्वास्थ्यमा समस्या भइ केही समयदेखि अस्पतालमा उपचार जारी रहेको अवस्थामा मंगलबार (८ जेठ) ९६ वर्षीया कृष्णकुमारीको निधन भएको हो ।

दिवंगत कार्कीका चार छोरी र दुई छोरा छन् ।

शुभसञ्चार प्रालिका शुभचिन्तक/सहयोगी दिलबहादुर कार्कीमा पर्न गएको मातृशोकप्रति उच्च तहका राजनीतिक व्यक्तित्वहरूका साथै समाजका लब्ध प्रतिष्ठित व्यक्ति-व्यक्तित्वहरूले समवेदना प्रकट गरेका छन् ।