राबाबैंको प्रमुख कार्यकारीमा खनाल

राबाबैंको प्रमुख कार्यकारीमा खनाल


राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बैंककै डेपुटी सिइओ देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।

बैंकका तत्कालीन सिइओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर गत वर्ष चैतमा बाहिरिएपछि सिइओ पद रिक्त थियो । बैंकको सिइओ बन्न २० जनाले निवेदन दिएका र त्यसमध्ये ५ जना सर्ट लिष्टमा परेका थिए । बैंक सञ्चालक समिति बैठकले खनाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

खनालसहित सर्ट लिस्टमा कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए ।