होटल व्यवसायी संघ धादिङको साधारणसभा

होटल व्यवसायी संघ धादिङको साधारणसभा


  • विकास रौनियार, धादिङ

होटल व्यवसायी संघ धादिङको १७औं साधारणसभा तथा रक्तदान कार्यक्रम जिल्ला सदरमुकाम धादिङबेशीमा सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले साधारणसभाको उद्घाटन गरेका थिए ।

संघका जिल्ला अध्यक्ष रामशरण सिलवालको अध्यक्षतामा सम्पन्न सभामा नगरपालिकाका प्रमुख ढुंगाना, होटल व्यवसायी महासंघका उपाध्यक्ष धना चोख्याल, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल , धादिङका सहायक प्रजिअ बलराम ढकाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।