लिवियामा खटिएका शान्ति सैनिकको अदलीबदली

लिवियामा खटिएका शान्ति सैनिकको अदलीबदली


संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागि United Nations Support Mission In Libya मा खटिएको स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि भगवतीप्रसाद गुल्म Special Guard Unit (शान्ति सेना) छैठौ डफ्फाका ५७ जना शान्ति सैनिकको अन्तिम टोली सेनानी रमेशकुमार बन्जराको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ ।

यस्तै, उक्त मिसनमा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५८ जना शान्ति सैनिक प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा बिहीबार स्वदेश फिर्ता भएका छन् । यो मिसनमा नेपाली सेनाका २ सय ३४ जना सैनिक कार्यरत छन् ।