आईसीसी टी-२० विश्वकप खेल्न सन्दीप पुगे वेस्ट इण्डिज !

आईसीसी टी-२० विश्वकप खेल्न सन्दीप पुगे वेस्ट इण्डिज !


क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको सन्दर्भमा नेपाल क्रिकेट सङ्घ (क्यान)प्रति लक्षित नकारात्मक वक्तब्यबाजीमा सत्यता नरहेको क्यानले जनाएको छ । क्यानका सचिव पारस खड्काले आज (२८ जेठ) एक वक्तव्य जारी गर्दै नकारात्मक प्रचारबाजीमा नलागी विश्वकपमा नेपाली टिमको हौसला बढाउन आह्वान गरेका छन् ।

जारी आईसीसी पुरुष टी-२० विश्वकप प्रतियोगिता २०२४ मा सन्दीप लामिछाने टिममा सहभागी हुने र यसका लागि लामिछाने वेस्ट इण्डिज पुगेको पनि क्यानले जानकारी दिएको छ । क्यानका अनुसार सन्दीपले वेस्ट इन्डिजमा हुने नेपालको अन्तिम दुई खेल खेल्नेछन् ।

नेपालले समुहका अन्तिम दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्नेछ । ती खेलका लागि सन्दिप क्यारेबियन मुलुक ‘सेन्ट भिन्सेन्ट’ पुगिसकेका छन् । सन्दिप कुन बाटो भएर त्यहाँ पुगे भन्ने क्यानले नखुलाएपनि किंग्सटाउनमा हुने खेलका लागि नेपाली टोलीमा सन्दिपलाई आवद्ध गराइएको जनाइएको छ ।

अमेरिकाले भिसा नदिएपछि सन्दिप अमेरिका जान पाएका थिएनन् । विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले डालसमा नेदरल्याण्ड्सको सामना गरेको थियो भने दोस्रो खेल आगामी बुधबार अमेरिकाकै फ्लोरिडामा खेल्दैछ । त्यसपछि नेपाली टोली किंग्सटाउन पुग्नेछ ।

file photo