टर्कीमा फेलापऱ्यो रोमन कालका मूर्ति

टर्कीमा फेलापऱ्यो रोमन कालका मूर्ति


टर्कीका पुरातत्वविद्हरूले रोमन कालका करिब ६ हजार वर्ष पुरानो ‘ज्युस र एफ्रोडाइट’का मूर्तिहरू फेला पारेका छन् ।

टर्कीको एन्टाल्या सहरबाट करिब ४८ किलोमिटर उत्तरपूर्वमा रहेको प्राचीन शहर एस्पेन्डोसमा उत्खननका क्रममा ती मूर्ति फेला परेका हुन् ।

पुरातत्वविद् तथा एस्पेन्डोस पुराताात्विक उत्खनन समूहका उपाध्यक्ष हुसेन तुल्गा गान्डरले फेला परेका मूर्तिहरू करिब ५० सेन्टिमिटर लामो रहेको जानकारी दिएका छन् । उनका अनुसार तिनीहरू उत्कृष्टरूपमा कोरिएका थिए र निश्चितरूपमा रोमन साम्राज्य युगको प्रारम्भमा बनाइएको थियो ।

कागजपत्र, सफाइ र जीर्णोद्धारको काम समाप्त भएपछि मूर्तिहरूलाई एन्टाल्याको सङ्ग्रहालयमा पुऱ्याइने जानकारी दिँदै गान्डरले पुरानो शहरका अन्य क्षेत्रमा पनि उत्खनन र पुरातात्विक उत्खनन जारी रहेको बताएका छन् । यसै वर्ष सबै स्थानमा अन्वेषण पूरा हुने अपेक्षा गरिएको उनको भनाइ छ ।