आजको पञ्चाङ्ग एवम् राशिफल (२ आषाढ २०८१ आइतबार, १६ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ आषाढ २०८१ आइतबार, १६ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४६ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ २ गते तद्अनुसार सन् २०२४ जुन १६ तारिख आइतबार ज्येष्ठ शुक्ल पक्षको दशमी तिथि हस्ता नक्षत्र वरियान योग तैतिल करण आनन्दादिमा मानस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १७ः०० मा हुनेछ । गंगा दशहरा, हृषिकेशोत्सव, बज्रगुरु पद्मसम्भव जयन्ती ।

आजको राशिफल

मेष – रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम प्राप्त हुनसक्ने समय छ । मान–सम्मान र प्रतिष्ठा बढ्ला । बोली र व्यक्तित्वको प्रभाव रहनेछ । मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिएला । नसोचेको ठाउँबाट धन आर्जन हुने योग छ । साथीभाइले राम्रो साथ दिनेछन् भने मातापिताको आशीर्वाद प्राप्त होला ।

वृष – आजको दिन धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न रहला । कहीँ कसैसँग झैझगडा वा विवादको सम्भावना छ, अत्यन्त संयमताका साथ व्यवहार गर्नुहोला । कामको बोझले थाकेको महसुस होला । पारिवारिक समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आफन्तको साथले केही उत्साह जागृत होला ।

मिथुन – आजको दिन मिश्रित फलदायी रहला । व्यस्तता वृद्धि हुनेछ । धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । ढंग नपुग्नाले आफैले गरेको कार्य पुनः दोहो¥याउनुपर्ने अवस्था आउनसक्छ । सन्तानपक्षबाट सुखसन्तोष प्राप्त होला । सुखद यात्राको सम्भावना छ । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्ने योग छ । अनावश्यक मित्रता गाँस्न खोज्नेहरूसँग सावधान रहनु उचित हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने समय छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्ने देखिन्छ । स्वास्थ्यमा समस्या हुनसक्छ, सचेत रहनुहोला । दिन सामान्य नै रहेपनि अचानक नसोचेका समस्या देखिन सक्ने योग छ । सभा–सम्मेलनमा सहभागी हुने अवसर जुर्ला । रसरागको भाव बढ्नेछ ।

सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा होला । नयाँ काममा हात हाल्न सकिनेछ । सुखद समाचार सुन्न पाइएला । समाजसेवाका कामबाट विविध लाभ हुनेछ भने विभिन्न उपहार प्राप्त हुने योग छ । पारिवारिक सुखशांति रहला ।

कन्या – नियमित कार्यमा खासै जाँगर चल्ने देखिँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । स्वास्थ्य अनुकुल नरहनाले नियमित कार्य तथा पढाइलेखाइमा पनि असर पर्न सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सतर्कता अपनाउनु उचित हुनेछ । धनमाल हराउनसक्ने योग रहेकोले सावधानी अपनाउनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – भौतिकभन्दा बौद्धिक क्षेत्रमा सफलता मिल्ने समय छ । केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले मन सन्तुष्ट रहला । सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ । आकस्मिकरूपले धनलाभ हुने र अन्नप्राप्तिको योग छ । लगानी तथा खर्च वृद्धि हुने देखिन्छ । रसरागको भाव वृद्धि होला ।

वृश्चिक – अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिने समय छ । आर्थिक पक्ष सबल रहला । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । तर, नचिताएको काममा खर्च हुने योग रहेकोले सावधान रहनुहोला । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । आय वृद्धि हुनेछ ।

धनु – सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज पढाइलेखाइमा पनि राम्रो होला । सोचेका काम सजिलैसंग पुरा गर्न सकिने समय छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । जग्गाजमिनको कारोबार गर्दा लाभ हुने देखिन्छ । दैनिक कार्यमा केही ढिलासुस्ती तथा केही व्यवधान ब्यहोर्नुपर्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने दिन छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । रोकिएका काममा पुनः प्रयत्न गर्नु उचित हुनेछ । तथापि, सानातिना समस्याले केही अल्झाउन सक्छ । मेहनत गरेअनुसारको फल नपाइने योग छ । धर्मकर्म तथा सामाजिक कार्यमा आकर्षण बढ्नेछ । प्रतिकुलताका बाबजुद दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – मित्रजनसँग अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कुनै लाभदायक समाचार सुन्न पाइएला । खर्च भने बढ्ने देखिन्छ । सापटी दिएको पैसा पनि फिर्ता नहुने योग छ । स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष सतर्कताको दरकार छ । दौडधुप बढ्नेछ तर रचनात्मक कार्य बन्नेछ ।

मीन – लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनलाभको समय छ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । अतिथिका रूपमा सम्मानसमेत प्राप्त हुने योग छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ, रसरागमा आकर्षण रहला ।