तोलामा एक हजार ६ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार ६ सयले बढ्यो सुनको मूल्य


स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार ६ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४२ हजार एक सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो ।