मेयर बालेनको आक्रोश : नगरसभामा कांग्रेस र एमालेको धङ्धङी !

मेयर बालेनको आक्रोश : नगरसभामा कांग्रेस र एमालेको धङ्धङी !


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको नगरसभामा नेपाली कांग्रेस र नेकपा एमालेको धङ्धङी बोकेर नआउन भन्दै वडा अध्यक्षहरुप्रति कडा आक्रोश पोखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘३ जना नेताले गर्दा, १ सय ६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।’

उनले लेखेका छन्, ‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ, यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’

बालेनले नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन भन्दै १ सय ६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ, बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौ महानगर पालिकाले गर्दैन, भनेका छन् ।

‘काठमाडौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला’- बालेनले लेखेका छन् ।