६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ पक्राउ

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ पक्राउ


राजधानीको कपनमा ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

आफूलाई चिनियाँ नागरिक बताउने वर्ष ३७ का शेरबहादुर ग्याल्मो भन्ने सोनाम गुरूङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उक्त सुन र नगद ४८ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

सिआइबीले २०८० साउन २ गते वरामद भएको ६० किलो सुनको थप अनुसन्धान गर्ने क्रममा यो सुन फेला परेको हो । गुरुङ काठमाडौंको बौद्ध तीनचुलीमा बस्दै आएका व्यक्ति हुन् । उनको भूमिका सुन तस्करी गर्ने रहेको प्रहरीको ठम्याइ छ ।