मेट्रो कलेजमा मनाइयो योग दिवस

मेट्रो कलेजमा मनाइयो योग दिवस


विश्व योग दिवसका अवसरमा दाङस्थित तुलसीपुर मेट्रो कलेजमा योग दिवस मनाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र आर्ट अफ लिभिङको समन्वयमा दिवस मनाइएको हो ।

सो असरमा विद्यार्थीहरुलाई विभिन्न योगासनका साथै योगको महत्वका बारेमा जानकारी गराइएको थियो । योग प्रशिक्षक एवम् स्वास्थ्यकर्मी विमल केसीले प्रशिक्षण दिएका थिए । उनले खाने बानीले मानिसको स्वास्थ्यमा गम्भिर प्रभाव पार्ने बताउँदै नियमित योगले मानिस शारीरिक र मानिसकरुपमा स्वस्थ हुने उनको भनाई थियो ।

तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले योग मानव जीवनका लागि अपरिहार्य कुरा भएको बताउँदै विद्यार्थीहरुलाई नियमित योग गर्नका लागि प्रेरित गरेका थिए ।

कलेजमा डिप्लोमा तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।