भारतमा विषादी मदिरा सेवनबाट मर्नेको सङ्ख्या ४९ पुग्यो

भारतमा विषादी मदिरा सेवनबाट मर्नेको सङ्ख्या ४९ पुग्यो


भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको बताइएको छ ।

तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची शहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ ।

गत मङ्गलबार (४ असार) साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएपछि अहिलेसम्म ४९ जनाको मृत्यु भएको हो ।

भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले मदिरा त्रासदीमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ ।