भारतमा विषाक्त मदिराबाट मर्नेको सङ्ख्या ६३ पुग्यो

भारतमा विषाक्त मदिराबाट मर्नेको सङ्ख्या ६३ पुग्यो


दक्षिणी भारतको तमिलनाडुमा अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्या ६३ पुगेको जनाइएको छ । गत साता त्यहाँ मदिराको कारण एकसाथ निकै मानिसको मृत्यु भइ स्तब्धकारी परिस्थिति सिर्जना भएको थियो ।

भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ भने तमिलनाडु राज्यको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो । तामिलनाडु राज्यको कल्लाकुरिची जिल्लामा मेथानोलले भरिएको स्थानीय स्थरमा बनेको मदिरा पिएकामध्ये केही व्यक्तिले आँखा निकै कमजोर भएको बताएका छन् ।

यस घटनामा मृत्यु हुने व्यक्तिको पुष्टि गर्दै स्थानीय प्रहरीका प्रमुख एक अधिकारी रजत चतुर्वेदीले घातक मदिरा पिएका सयभन्दा बढी व्यक्तिलाई सुरुमा अस्पताल लगिएको जनाकारी दिएका छन् ।

तमिलनाडुका राजनीतिक दलसँग सम्बद्ध सांसदहरूले मदिराका कारण धेरै व्यक्तिको मदिरा सेवन गरेका कारण मृत्यु भएको भन्दै मुख्यमन्त्रीको राजिनामा माग गर्दै गत बुधबार विरोध प्रदर्शन गरेपछि राज्यसभा (विधायिका)बाट निष्कासित भएका छन् ।

कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ लागतको रक्सी किनी काम गर्नुअघि पिउँथे । उनीहरूले पिउने स्थानीय उत्पादनको यो ब्याच विनाशकारी सावित भएको छ ।

तमिलनाडु सुख्खा राज्य नभएता पनि कालो बजारमा कारोबार हुने रक्सी कानुनी रूपमा बेचिने रक्सीभन्दा कम मूल्यमा आउँछ । रक्सीमा प्रायः मेथनोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।

ज्ञातव्य के छ भने, भारतका धेरै भागमा रक्सी बेच्न र सेवन गर्न निषेध गरिएको छ तर गत वर्ष पनि पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा ४२ जनाको मृत्यु भएको थियो ।