राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ


माल्दिभ्सको राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई पक्राउ गरिएको छ ।

वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई अन्य दुई जनासहित राजधानी मालेबाट पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ । राज्यमन्त्री फतिमथलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ ।

‘राष्ट्रपति डा. मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको’ स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ ।

मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिताअन्तर्गत जादूटूना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि ६ महिनासम्मको जेल सजाय हुने एएफपीले जनाएको छ ।