कक्षा ११ मा काठमाडौं महानगरको छात्रवृत्ति

कक्षा ११ मा काठमाडौं महानगरको छात्रवृत्ति


काठमाडौं महानगरले यस वर्ष पनि एसइइ उत्तीर्ण विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

‘हामी निरन्तरतामा विश्वास गर्छौं । यस वर्ष पनि अघिल्ला शैक्षिक सत्रमा जस्तै कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि २०८० साल चैत्रमा एसइइ परीक्षा दिएका विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम निःशुल्क भर्ने व्यवस्था मिलाएको छौँ’- काठमाडौं महानगरका मेयर बालेन साहले लेखेका छन् ।

काठमाडौं महानगरपालिका भित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८१/०८२ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि मिति २०८० साल चैत्र १५ गते देखि सञ्चालित एसइइ परीक्षामा सफल भएका विद्यार्थीहरूले मिति २०८१ आषाढ १७ गते बिहान १० बजेदेखि मिति २०८१ आषाढ २९ गते राति १२ बजेसम्म महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम Online Application Form Submission पेस गर्न सूचना आह्वान गरिएको महानगरले जनाएको छ ।

‘विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयसंग परीक्षा मिति २०८१ श्रावण ४ गते बिहानको ८ बजेदेखि १० बजे गर्ने तयारी गरेका छौ । उल्लिखित सबै कार्यक्रमको पूर्णाङ्क १०० र परीक्षा समयावधि दुई घण्टाको हुनेछ । उम्मेदवारले एकभन्दा बढी शैक्षिक विषयमा आवेदन फाराम पेस गर्न पाउने छैनन्’- मेयर साहले फेसबुकमा लेखेका छन् ।

file photo