नक्कली सुन देखाएर ३० लाख ठगी : पाँच जना पक्राउ

नक्कली सुन देखाएर ३० लाख ठगी : पाँच जना पक्राउ


राजधानी काठमाडौंमा नक्कली सुन देखाएर ३० लाख रुपैयाँ ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनहरा-७, खहरेमा सोफा पसल गर्ने ३१ वर्षीय दिनेश न्यौपाने ठगिएपछि उनी प्रहरीसमक्ष पुगेका थिए । प्रहरीले अनुसन्धान गर्दै जानेक्रममा भारतीय नागरिक ४० वर्षीय कलाकार दाससमेतले नक्कली सुनको मूर्ति देखाएर ठगी गर्दै आएको खुलेको हो ।

यो प्रकरणमा दाससमेत म्याग्दीको रघुगंगाका ६४ वर्षीय क्षेत्रबहादुर साही, धादिङको निलकण्ठका ३८ वर्षीय दिपक थापा, ३५ वर्षीय बसन्त चौधरी, काठमाडौंका ५५ वर्षीय रविन महर्जन पक्राउ परेका हुन् । उनीहरुको साथबाट नक्कली सुनबाट बनेको बुद्धको मूर्ति र १४ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।