लालीगुँरास सहकारी घोटला : अध्यक्ष भण्डारीसहित चार जना पक्राउ

लालीगुँरास सहकारी घोटला : अध्यक्ष भण्डारीसहित चार जना पक्राउ


  • सुरेन्द्र सुवेदी, काठमाडौं

ललितपुरको पुलचोकमा रहेको लालीगुँरास सहकारी संस्थामा जम्मा भएको रकम घोटला गर्ने अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य चार जना पक्राउ परेका छन् । यो सहकारीमा २ हजार २ सय जनाले बचत गरेको ६ अर्ब २० करोड रुपैयाँ अपचलन भएको हो ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष काठामाडौं-१३ का ७६ वर्षीय अमरदाश श्रेष्ठ, सचिव तथा सिइओ गोरखा घर भएका ४६ वर्षीय सुरेन्द्र भण्डारी, काठमाडौं-२ घर भएका ७५ वर्षीय कोषाध्यक्ष अमृतकुमार अर्याल र ललितपुर-११ निवासी संस्थाका सदस्य ६१ वर्षीया कदमबाबा जोशी प्रधान रहेकी छन् ।

अमरदास श्रेष्ठ ३१ वर्षसम्म नेपाल बैंकको मुख्य कार्यालय नयाँसडकमा काम गरिसकेका व्यक्ति हुन् । उनी २०६१ मा यो सहकारीको सचिवको रुपमा २ वर्ष काम गरेका र त्यसपछि ८ वर्ष उपाध्यक्ष र २०७४ देखि अध्यक्ष पदमा रहेका थिए ।

सुरेन्द्र भण्डारी २०५६ सालदेखि हालसम्म निरन्तर यो सहकारीमा रहेर काम गरेका व्यक्ति हुन् । उनी प्रमुख कार्यकारी अधिकृत, संचालक सदस्य हँुदै हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत थिए ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई दिनअघि काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।