पाल्पाको पूर्वखोला गाउँपालिका-६ हेक्लाङका अग्निपीडित ६ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् ।
हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् । दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरुप उक्त रकम लत्ताकपडा उपलब्ध गराएका हुन् ।
गत वैशाखामा भएको आगलागीबाट हेक्लाङ खुमडाँडाका ६ वटा घर नष्ट थिए । आगो जङ्गलबाट फैलिएको हो । दातृ संस्थाकी पदाधिकारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यको उपस्थितिमा नगद र लत्ताकपडा प्रदान गरिएको हो ।
प्रतिक्रिया