महिला भलिबल टोली घोषणा

महिला भलिबल टोली घोषणा


नेपाल भलिबल सङ्घले काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ ।

टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १-१ खेलाडी गरी १२ सदस्य छनोट भएको नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

टोलीमा बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । यस्तै लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट तथा सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना र गण्डकीबाट आशिका क्षेत्री टोलीमा समेटिएका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुनमगर रहेका छन् । प्रतियोगिता यही असार ३१ गतेदेखि साउन ९ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ ।