अन्तरिक्षबाट फर्किएपछि शेनझोउ-१७ अन्तरिक्ष यात्रीद्वारा पत्रकारसँग भेटघाट

अन्तरिक्षबाट फर्किएपछि शेनझोउ-१७ अन्तरिक्ष यात्रीद्वारा पत्रकारसँग भेटघाट


चीनको शेनझोउ-१७ चालक दल मिसनका तीन अन्तरिक्ष यात्रीहरूले दुई महिनाअघि अन्तरिक्षबाट फर्किएपछि पहिलो पटक सार्वजनिक रूपमा शुक्रबार पत्रकारसँग भेटघाट गरेका छन् ।

चालक दलका तीनै सदस्य ताङ होङ्बो, ताङ सेङ्जी र जियाङ जिनलिन शारीरिक र मानसिक रुपले स्वस्थ छन् । उनीहरूको मांसपेशी बल, सहनशीलता र व्यायाम कार्डियोपल्मोनरी कार्य मूल रूपमा अन्तरिक्षउडानपूर्वकै अवस्थामा फर्किएको छ ।

चीनले सन् २०२३ अक्टोबर २६ मा शेनझोउ–१७ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो र चालक दल यस वर्ष अप्रिल ३० मा पृथ्वीमा फर्किएको थियो ।

आफ्नो ६ महिनाको मिशनमा चालक दलले कक्षमा ८४ वटा अन्तरिक्ष अनुप्रयोग प्रयोग र परीक्षणहरू गरेको तथा धेरै क्षेत्र कभर गर्ने दुई सयभन्दा बढी नमूनाहरू उत्पादन गरेको थियो ।