रुसी सेनाले गत राति सीमानजिक ३८ युक्रेनी ड्रोन नष्ट गरेको मन्त्रालयले दाबी गरेको छ ।
आस्ट्राखानका गभर्नर इगोर बाबुस्किनले भनेका छन्, ‘युक्रेनले यस क्षेत्रलाई लक्षित गरी उत्तरमा ड्रोनमार्फत आक्रमणको ठूलो प्रयास सुरु गरेको थियो ।’
सन् २०२२ फेब्रुअरी सुरु भएको रुस-युक्रेन युद्धमा दुवै पक्षले व्यापक मात्रामा ड्रोन प्रयोग गरिरहेका छन् । युद्धमा दुवैतर्फबाट सयौं किलोमिटरको दूरीमा आक्रमण गर्न सक्ने क्षमताका ‘स्व-विस्फोटक’ ड्रोन पनि समावेश गरिएको जनाइएको छ ।
युक्रेनले यस वर्ष रुसमाथिको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले प्रयोग गरिरहेका ‘इनर्जी साइट’, सिमानाका शहर र गाउँ लक्षित आक्रमण गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मेमा युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा आक्रमण सुरु गरको बताएका छन् ।
प्रतिक्रिया