मनसुनमा एलजीका वाशर ड्रायर वासिङ मेसिन

मनसुनमा एलजीका वाशर ड्रायर वासिङ मेसिन


मनसुनको समयमा कपडा धोएर सुकाउन निकै झन्झट हुने गर्छ । कपडा धोएपनि पटक पटक हुने झरीले सुकाउन पनि निकै चुनौती हुन्छ । त्यसको विकल्पमा बजारमा एलजीका विभिन्न क्षमताका वाशर ड्रायरहरु उपलब्ध छन् ।

सामान्य प्रकृतिका वासिङ मेसिनले कपडा धुने मात्रै काम गर्छ, सुकाउन भने घामकै निर्भर हुनुपर्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै सिजी इलोक्ट्रोनिक्सले कपडा सुकाउने सुविधा भएको एलजीको वाशर ड्रायर वासिङ मेसिन बजारमा ल्याएको छ । जुन वासिङ मेसिनले कपडा धुने मात्रै होइन, कपडालाई पुर्ण (शतप्रतिशत) रुपमा सुकाउने काम पनि गर्ने सिजी इलोक्ट्रोक्सिले जानकारी दिएको छ । नेपालमा सिजी इलोक्ट्रोनिक्स नै लाइफस् गुड अर्थात् एलजीको आधिकारिक विक्रेता हो ।

यो वाशर ड्रायर वासिङ मेसिनले दुई घण्टा भित्र कपडा धुने र सुकाउने काम गर्न सक्ने कम्पनीले जनाएको छ । न्यूनतम आठ केजीदेखि २१ केजीसम्म लुगा धुन र सुकाउन सक्ने क्षमताका वासर ड्रायर वासिङ मेसिन उपलब्ध रहेको कम्पनीको भनाइ छ । एलजीका पछिल्ला सम्पूर्ण वाशर ड्रायर वासिङ मेसिनहरु कृत्रिम बौद्धिकता अर्थात् आर्टीफिसीयल इन्टीलिजेन्स (एआई) जडित छन। नेपालमा एआई जडित वासिङ मेसिन एलजीको मात्रै भएको पनि कम्पनीले जनाएको छ।

एआई जडित वासिङ मेसिनले विभिन्न कपडाको प्रकार पत्ता लगाइ त्यसका लागु उपयुक्त वाश साईकल आफै चयन गरेर धुन्छ। साथै एलजीका वाशर ड्रायर वासिङ मेसिनहरुमा वाइफाइबाट कनेक्ट गरी मोबाईल एप (थिन क्यु) मार्फत जुनसुकै ठाउँबाट पनि चलाऊन सकिन्छ।

सिजी इलोक्ट्रोनिक्सले यी वाशर ड्रायर वासिङ मेसिनहरु नेपालभर उपलब्ध भएको जानकारी दिएको छ । सिजी इलोक्ट्रोनिक्सका देशभर पाँच सय डिलर छन् । यसैगरि २५ वटा आधिकारीक सोरुमहरु छन् । साथै, भाटभाटेनी जस्ता सुपर मार्केट र बिभिन्न अनलाइन प्लाटफर्मबाट पनि एलजीका वासिङ मेसिनहरु खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

यस्तै, ग्राहकको घरसम्म निःशुल्क ढुवानी गरेर जडान र परिक्षण समेत गरिने बताइएको छ । साथै वासिङ मेसिनमा १० बर्षको वारेन्टी समेत रहेको सिजी इलोक्ट्रोनिक्सले जानकारी दिएको छ ।